काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार मन्त्रालय र मातहतका निकायमा प्रशासनिक पदमा रहेका ४४ जना कर्मचारीको सरुवा र पदस्थापना गरेको छ।
एकै स्थानमा लामो समयदेखि कार्यरत कर्मचारीहरुलाई मन्त्रालयले अन्यत्र सरुवा गरेको हो। मन्त्रायले ११ जना शाखा अधिकृत, ३ जना तथ्यांक अधिकृतको सरुवा र पदस्थापन गरेको छ। जसमा ११ जनाको सरुवा भएको छ भने ३ जनाको पदस्थापन भएको छ। यसैगरी, २६ जना नायब सुब्बाको सरुवा र पदस्थापन भएको छ। जसमा १७ जनाको सरुवा र ९ जना पदस्थापन भएका छन्।
खरिदार तर्फ तीन जनाको सरुवा र १ जनाको पदस्थापन भएको छ।
सरुवा र पदस्थापन भएका ४४ जनामध्ये स्वास्थ्यखबरले ३९ जनाको नामावली प्राप्त गरेको छ।
यी हुन् सरुवा र पदस्थापन भएका कर्मचारीहरु