काठमाडौं- उपराष्ट्रपति रासहाय प्रसाद यादव अस्पताल भर्ना भएका छन्। हर्नियाको शल्यक्रियाको लागि उपराष्टपति यादवलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज भर्ना गरिएको यादवका निजी चिकित्सक डा शिवजी विक्रम सिलवालले जानकारी दिए।
उपराष्ट्रपति यादवले आफ्नो शल्यक्रियाको लागि सरकारी अस्पताल नै रोजेपछि आफूले परामर्श गरेर त्रिवि शिक्षण अस्पताल ल्याईएको सिलवालले बताए।
उनका अनुसार यादवको शल्यक्रिया प्राडा रमेशसिंह भण्डारी (युनिट चिफ एण्ड लिभर टान्सप्लान्ट सर्जन) र डा सुमिता प्रधानको टिमले गर्नेछन्।