काठमाडौं- देशभर २७ हजारभन्दा बढी डेंगु संक्रमित रहेका छन्। ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को पछिल्लो तथ्याङ्क अनुसार देशभर डेंगु संक्रमितको सङ्ख्या २७ हजार १५३ रहेको छ।
यसमध्ये गण्डकीमा प्रदेशका १३ हजार ६९८ जनामा डेंगु सङ्क्रमण देखा परेको छ। देशभर माघ यता डेंगु पुष्टि भएको सङ्ख्यामध्ये ५० प्रतिशत बिरामी यही प्रदेशमा छन्।
यस्तै, बाग्मती प्रदेशका ८ हजार ४६१ जनालाई, कोशीका १ हजार ७०९ जनालाई, लुम्बिनीका १ हजार ४ सय, सुदूरपश्चिमका १ हजार ११८ जनालाई, मधेसमा ४६० जनालाई र कर्णालीका ३ सय ७ जनालाई डेंगु सङ्क्रमण भएको छ।
देशभर ७७ मध्ये ७६ जिल्लामा डेंगु सङ्क्रमण भएको ईडीसीडीले जनाएको छ । ईडिसिडीका अनुसार देशभरका डेंगु सङ्क्रमितमध्ये ११ जनाको मृत्यु भएको छ।