सुर्खेत- कालिकोट जीप दुर्घटनामा परी ६ जनाको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक गोविन्दप्रसाद चौधरीले पलाँता गाउँपालिका–३ मा भएको जीप दुर्घटनामा परेका ६ जनाको सनाखत भएको जानकारी दिए।
उनका अनुसार पलाता गाउँपालिका-६ बस्ने पदम बम, पलाता गाउँपालिकाकै भगवती रोकाया, गणेश शाही, पलाता गाउँपालिका-5 का छाया शाही र पलाता गाउँपालिका-३का दमन रोकाया रहेका छन्। ४६ वर्षीय धनिराम रावतकाे उपचारकाे क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको छ।
यस्तै 13 जना घाइतेहरुको पनि सनाखत भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कालिकोट पलाता-६ का केशव थापा, किशोर थापा, विजय थापा, रिदिम शाही, प्रतिक्षा शाही, आशिष रोकाया रहेका छन् । यस्तै भुपेन्द्र रोकाया, तलाता-३ बस्ने दानबहादुर रोकाया, निर्मला रोकाया, जगत रोकाया तथा ठेगाना नखुलेको चालक धनिराम रावत रहेका छन् भने पलाता गाउँपालिका-५ बस्ने दोली विक र आयुशा विक रहेका छन् ।
घाइते १३ जनालाई उद्दार गरी उपचारका लागि हेलिकप्टरबाट कर्णाली प्रादेशि अस्पताल कालगाउ सुर्खेत पठाइएको छ।
आइतबार दिउँसो पलाँता गाउँपालिका-३ को राहुनेटा भन्ने ठाउँमा कप्र ००१ ज५६ नम्बरको जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो । जिप भिरबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ।