काठमाडौं- नेप्लिज् सोसाइटी अफ भास्कुलर इन्टरभेन्सन रेडियोलोजीको आयोजनामा काठमाडौंमा इन्टरभेन्सन रेडियोलोजीको तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ।
दुई वटा वर्कशप सहित गत नोभेम्बर १० देखि उक्त सम्मेलन तीन दिनसम्म चलेको नेप्लिज् सोसाइटी अफ भास्कुलर इन्टरभेन्सन रेडियोलोजीका प्रवक्ता प्रविन श्रेष्ठले बताए। सम्मेलनमा नेपाल र कोरियाका विज्ञ चिकित्सकहरुको सहभागिता थियो।
नेपालका तर्फबाट २० ख्यातिप्राप्त विज्ञ चिकित्सकहरुको सहभागिता रहेको थियो,भने कोरियाका ५ चिकित्सक सहभागी थिए। चन्द्रागिरी हिल्समा सम्पन्न उक्त सम्मेलन अघि र पछि पोखरा र त्रिवि शिक्षण अस्पतालमा एक,एक दिन वर्कशप समेत आयोजना गरिएको थियो। सम्मेलन अघि ४ जना बिरामीहरुको निशुल्क उपचार समेत गरिएको थियो।
सम्मेलनमा विभिन्न विधाका चिकित्सकहरुलाई तार र क्याथेटर लगायतको उपकरणको माध्यमबाट गरिने उपचार विधीबारे जानकारी गराइएको छ। सम्मेलनमा चिकित्सकहरुका वैज्ञानिक अध्ययन तथा अनुसन्धानका प्रस्तुतीहरु समेत गरिएको थियो।
चिरफार बिनाको उपचार पद्धति भएकाले इन्टरभेनसनल रेडियोलोजी विधा लोकप्रिय बन्दै गइरहेको र यो उपचार पद्धति शल्यक्रियाभन्दा सहज र भरपर्दो हुनुका साथै यस पद्धतिबाट उपचार गर्दा अस्पताल बसाइ कम हुने, शल्यक्रियामा हुने जटिलता कम हुने, रिकभरी राम्रो हुने, संक्रमणको जोखिम कम हुने, सबै केसहरुमा पूर्ण रुपमा बेहोस गर्नु नपर्ने जस्ता विशेषताहरु रहेको आयोजक समितिले जानकारी दिएको छ।तथा अनुसन्धानका प्रस्तुतीहरु समेत गरिएको थियो।
चिरफार बिनाको उपचार पद्धति भएकाले इन्टरभेनसनल रेडियोलोजी विधा लोकप्रिय बन्दै गइरहेको र यो उपचार पद्धति शल्यक्रियाभन्दा सहज र भरपर्दो हुनुका साथै यस पद्धतिबाट उपचार गर्दा अस्पताल बसाइ कम हुने, शल्यक्रियामा हुने जटिलता कम हुने, रिकभरी राम्रो हुने, संक्रमणको जोखिम कम हुने, सबै केसहरुमा पूर्ण रुपमा बेहोस गर्नु नपर्ने जस्ता विशेषताहरु रहेको आयोजक समितिले जानकारी दिएको छ।