दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट लक्षित वर्ग अन्तर्गत चालु आर्थिक बर्षको बितेको ३ महिनामा १ सय बढि बिरामीले निःशुल्क उपचार सेवा प्राप्त गरेका छन। प्रतिष्ठानका कम्युटर असिस्टेण्ट दिपक केसिले गएको साउनदेखि असोज मसान्तसम्ममा १ सय ७३ जनाले लक्षीत बर्ग अन्तर्गत उपचार सेवा निशुल्क पाएको जानकारी दिए।
प्रतिष्ठानको कार्यालयमा आयोजित त्रैमासिक समिक्षा कार्यक्रममा बोल्दै केसिले बिपन्न तथा गरिब बिरामी १ सय २६ जनाले, असहाय तथा अशक्त बिरामी ६ जनाले, अपाङ्गता भएका १० जनाले, स्वयमसेबिका २ जना र थुनुवा २९ जनाले ४ लाख ७१ हजार ७३ रुपैया बराबरको उपचार सेवा निशुल्क पाएको बताए। उनका अनुसार बिरामीले औषधि, अप्रेसन, रोगको डाइग्नोसिस गर्नेक्रममा इन्भेस्टिगेसनमा, अक्सिजनमा, बेड चार्ज र रगत जाचमा निशुल्क सेवा प्राप्त गरेका छन।
त्यस्तै प्रतिष्ठानबाट बितेको ३ महिनामा २ सय २९ जना जेष्ठ नागरिकले २ लाख ७८ हजार ७० रुपैयाँ बराबरको औषधि, अप्रेसन र रोगको इन्भेष्टिगेसनमा निशुल्क उपचार सेवा प्राप्त गरेका छन। यसैगरेर गएको ३ महिनामा २ सय ५५ जना सिकल्सेल बिरामिले ४ लाख ९७ हजार ८ सय ६३ रुपैयाँ बराबरको निशुल्क उपचार पाएका छन।
अस्पतालका निमित्त निर्देशक डा. जनार्दन पन्थीले वास्तविक गरिब तथा बिपन्न बिरामी पहिचान गरेर उपचार सेवा सामाजिक सेवा इकाईबाट निशुल्क दिनुपर्ने बताए। उनले साच्चिकै गरिब परिवारका ब्यक्तिले पैसा नभएनि अस्पतालमा उपचार पाउने बताए। सो अवसरमा बोल्दै निमित्त उपकुलपति प्राडा. दिनेश लम्सालले बास्तबिक गरिबको पहिचान हुनुपर्ने भन्दै गरिबका नाममा पैसा तिर्न सक्ने ब्यक्तिले लक्षित बर्गबाट उपचार पाउन नहुने बताए।