काठमाडौं- फ्रन्टलाइन अस्पतालले विश्व मधुमेह दिवसको अवसरमा समुदायमा मधुमेहको बारेमा जनचेतना फैलाउने र स्वस्थ जीवनशैलीको प्रचार गर्ने उद्देश्यका साथ वाकथन कार्यक्रम आयोजना गरेको छ।
उक्त कार्यक्रम बत्तिसपुतली टोल सुधार समिति, गौशाला व्यापार व्यवसाय संघ, वडा कार्यालय, स्वाकोन अस्पताल, महिला स्वयंसेविका, माछापुछ्रे बैंक, कुमारी बैंक, नेपाल प्रहरी र ट्राफिक प्रहरी गौशालाको उपस्थितिमा सम्पन्न भयो।
मधुमेहको रोकथाम र स्वस्थ भविष्यको लागि अघि बढ्ने सरोकारवालाको भनाइ छ।