काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा सरोज शर्माले स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी पाएका छन्।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरिय निर्णय गर्दै डा शर्मालाई महाशाखा प्रमुखसहित बीमा बोर्डको निमित्त निर्देशकको थप जिम्मेवारी दिएका हुन्। उनलाई मन्त्रिपरिषदले कार्यकारी निर्देशक नियुक्त नगरेसम्मका लागि आर्थिक र प्रशासनिक अधिकारसहित निमित्त निर्देशकको थप जिम्मेवारी दिइएको हो।
मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाका एक कर्मचारीका अनुसार डा शर्माले थप जिम्मेवारीको पत्र पाइसकेका छन्।
डा शर्माले पनि आफूले थप जिम्मेवारी पाएको जानकारी दिँदै सरकारले दिएको जिम्मेवारी अनुसार काम गर्ने बताए।
बीमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाको कार्यकाल गत आइतबारदेखि सकिएको थियो।