कर्णाली- कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा केशर ढकाल नियु्क्त गर्ने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले अस्पतालमै कन्सल्टेन्ट अब्स्ट्रेटिसियन–गाइनोकोलोजी प्रमुखका रूपमा कार्यरत ढकाललाई निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको हो। उनी एघारौँ तहमा कार्यरत छन्।
सामाजिक विकास मन्त्रालयले भने निर्देशकका लागि उक्त अस्पतालमा कार्यरत मेडिकल सुपरिटेन्डेन्ट प्रमुख गणेश थापा र ढकालको नाम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिफारिस गरेको थियो। निर्देशकमा नियुक्त डा ढकाल हाल नेपाल चिकित्सक सङ्घ कर्णाली प्रदेश संयोजक हुन्।