काठमाडौं- प्रतिजैविक प्रतिरोध (एन्टिमाइक्रोबियल रेसिस्टेन्ट) सचेतना सप्ताह २०२४ को पहिलो दिन प्रभातफेरि कार्यक्रम आयोजना गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा पशु सेवा विभाग पुल्चोकबाट स्वास्थ्य सेवा विभाग टेकुसम्म र्यााली गरिएको हो।
र्यानलीमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा विकास देवकोटा, अतिरिक्त सचिव डा दिपेन्द्र रमण सिंह, पशु सेवा विभाग महानिर्देशक डा उमेश दाहाल, मन्त्रालयको गुणस्तर मापन तथा नियन्त्रण महाशाखाका प्रमुख तथा एन्टिमाइक्रोबियल रेसिस्टेन्टको फोकल पर्सन डा सरोज शर्मालगायतको उपस्थिति थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै डा सिंहले यो विषय चारवटा मन्त्रालयसँग सम्बन्धित रहेको बताए। प्रतिजैविक राष्ट्रिय कार्ययोजनामा सवै चारवटा मन्त्रालयको प्रतिबद्धता र योजना समेटिएको उल्लेख गरे। उनले भने, 'हामी सवैले एएमआरबारे केही न केही कुरा बताउँदै जानुपर्छ। यसले सचेतना बढाउन सहयोग पुग्छ।'
महानिर्देशक ढा देवकोटाले नयाँ एन्टिबायोटिक बन्न नसकेको र भएकालाई जिवाणुले जित्दै गएकाले यसमा सचेतना जरुरी भएको बताए।
उनले भने, 'हामीले एएमआरमा कार्यक्रम वर्षभरी नै गर्ने गरेका छौं । यो सप्ताहले हामीलाई थप ऊर्जावान बनाउन सहयोग पुर्या उनेछ। हामीले आ-आफ्नो ठाउँबाट एएमआर बारे सचेतना बढाउनुपर्छ।'