काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएका प्रसाईंलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो।
मेडिकल व्यवसायी प्रसाईंले कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको साढे ३२ अर्ब लगानी रहेको आरोप लगाउँदै कागजपत्रहरु सार्वजनिक गरेका थिए। उनले सार्वजनिक गरेको कागजपत्र किर्ते रहेको प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ।
प्रसाईंलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोबाट गएका टोलीले पक्राउ गरेको हो। व्युरोका एसपी होबिन्द्र बोगटीले साइबर अपराध मुद्दामा उनलाई पक्राउ गरिएको जानकारी दिए।