काठमाडौं- वर्ल्ड एशोसिएसन फर इन्टेग्रेटिभ अफ अन्कोलोजीको बोर्ड अफ डाइरेक्टरमा डा वाइपी सिंह चयन भएका छन्। चिनमा भएको केन्द्रीय सम्मेलनबाट बोर्ड अफ प्रेसिडेन्ट भने चाइना एन्टि-क्यान्सर एशोसिएसनका प्राडा दाइमिङ फङ चयन भएका छन्।
तीन वर्षको कार्यकालका लागि नयाँ नेतृत्व चयन गरिएको हो। विश्वका विविध देशको प्रतिनिधित्व हुनेगरी २२ सदस्यीय कमिटी गठन गरिएको छ।
एशोसिएसनले क्यान्सर उपचारका क्षेत्रमा अनुसन्धान, उपचार पद्धतिका विषयमा ज्ञानसीप आदानप्रदान र क्यान्सर सचेतनाका लागि काम गर्ने गरेको छ।