काठमाडौँ- धम्की दिएर रकम असुल्न खोज्ने एक डाक्टर पक्राउ परेको प्रहरीले जनाएको छ। आफू आपराधिक गिरोहको अन्डरकभर एजेन्ट भएको भन्दै कम माग गर्ने गरेको अभियोगमा एक डाक्टरलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ
प्रहरीले ‘ह्वाट्स एप’मार्फत डरत्रास देखाइ रकम असुली गरेको अभियोगमा भोजपुर नगरपालिका–११ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका सानो गाउँ बस्ने ३२ वर्षीय डा आशिष दाहाललाई पक्राउ गरेको छ।
काठमाडौँ उपत्यकाभित्र विभिन्न व्यक्तिलाई ‘अन्डर कभर एजेन्ट’ भनी ज्यान मार्ने धम्की दिई रु ५० हजारदेखि रु दुई लाखसम्म रकम माग गरेको आरोपमा प्रहरीले निजलाई शङ्खमुलबाट पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।