काठमाडौं- नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र (ब्लड बैंक)को सेवा फेरि प्रदर्शनी मार्गबाट सुरु भएको छ। २
०७२ सालको भूकम्पबाट क्षति पुगेपछि प्रदर्शनी मार्गबाट सरेको ब्लड बैंक पुन: प्रदर्शनी मार्गमा नयाँ बनेको भवनमा ल्याइएको हो।
प्रदर्शनी मार्गमा थाइ रेडक्रसको सहयोगमा बनेको नयाँ भवनबाट ब्लड बैंकले सोमबारबाट सेवा दिन थालेको ब्लड बैंकका निर्देशक पवनकुमार गुप्ताले जानकारी दिए। रेडक्रसको केन्द्रीय कार्यालय ताहचलमा रहेको ब्लड बैंकलाई प्रदर्शनी मार्गमा सारेर सेवा सुरु गरेको उनले बताए।
२०७२ सालको भूकम्प लगत्तै ब्लड बैंकलाई बालकुमारी सारिएको थियो। त्यसपछि ताहाचलमा सारिएको थियो।