काठमाडौं- जर्मनीका लागि नेपाली राजदूत डा शैल रुपाखेती सहित चार देशका राजदूतहरुले राष्ट्रपति रामचन्द्र पौडेलसँग शपथ लिएका छन्।
उनीहरुले आइतबार राष्ट्रपति भवन शीतल निवासमा लिएका हुन्।
नवनियुक्त राजदूतहरूमध्ये डा रुपाखेती सहित अमेरिकाका लागि राजदूत लोकदर्शन रेग्मी, साउदी अरेबियाका लागि राजदूत नरेशविक्रम ढकाल र अस्ट्रेलियाका लागि राजदूत चित्रलेखा यादवले राष्ट्रपति पौडेलसमक्ष शपथ लिएका हुन्।
मन्त्रिपरिषदको सिफारिसमा उनीहरूलाई राष्ट्रपतिले राजदूत नियुक्त गरेका थिए।
जर्मनीका लागि नियुक्त भएका राजदूत डा रुपाखेती शल्यचिकित्सक हुन्।