काठमाडौं- क्यान्सर रोग विशेषज्ञ जियोर्जिना लङ बीबीसी १०० महिलाको सूचीमा परेकी छिन्। लक्ष्य आधारित उपचार र प्रतिरोधक क्षमता विकासबाट उपचारमा उनको दक्षता छ।
जियोर्जिना, अस्ट्रेलियाको मेलानोमा इन्सिच्युटकी सहनिर्देशक हुन्। उनले क्यान्सरबाट ग्रसित आफ्नै सहकर्मी रिचर्ड स्कोलियरलाई फरक तरिकाले उपचार गरेकी थिइन्।
डा लङका साथै रिचर्ड समेत उक्त उपचार प्रविधि पत्ता लगाउने कार्यमा सहभागी थिए। दिमागको गम्भीर क्यान्सरसँग जुधिरहेका रिचर्डलाई ट्युमर निको पार्ने औषधिको सट्टा इम्युनोथेरापी दिइएको थियो। जसले उनलाई निको बनाएको थियो। जसका लागि उनीहरुहरुले मेलोनोमा इन्सिच्युटमा वर्षौं रिसर्च गरेका थिए। उनलाई छालाको क्यान्सरका हजारौं बिरामीको जीवन जोगाएको श्रेय पनि दिइन्छ।
यसैगरी गाजा क्षेत्रमा सक्रिय बाल रोग विशषेज्ञ शीरी अबेद पनि सूचीमा छिन्। हमाश युद्धपछि उनी घरबारविहीन भएकी छिन्। उनको घर युद्धमा ध्वस्त भयो। त्यसका बाबजुद पनि उनले विस्थापित बालबालिकाको उपचारमा समर्पित गरेकी छिन्।
गाजाका मुख्य अस्पतालमा काम गरेको अनुभव उपयोग गर्दै उनले बहुत कम स्रोत-साधनबाट पनि उपचार गर्ने प्रोटोकल तयार पारेकी छिन्। अन्य चिकित्सकलाई प्रशिक्षण समेत दिएकी छिन्।
बाध्यताबस उनले दुई छोरीसहित त्यहाँबाट निस्किनुपर्यो तर अहिले त्यहाँ काम गरिरहेका चिकित्सकलाई सघाउन छाडेकी छैनन्।