काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलको प्रोस्टेटको शल्यक्रिया सम्पन्न भएको छ। त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा उनको शल्यक्रिया भएको हो।
शिक्षण अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरुङले राष्ट्रपति पौडेलको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको जानकारी दिए।
राष्ट्रपति पौडेललाई बुधबार बिहान उपचारका लागि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।