काठमाडौं- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्थायी पदपूर्ति, स्तरबृद्धि र बढुवाका लागि सार्वजनिक विज्ञापन जारी गरिएको छ प्रतिष्ठानको माग बमोजिम लोक सेवा आयोगले मंगलबार पदपूर्तिका लागि सहमति प्रदान गरेको थियो। सोही सहमतिअनुसार विज्ञापन गरिएको हो।
आयोगमा ६ वर्षदेखि स्थायी पदपूर्ति, स्तरबृद्धि तथा बढुवा अबरुद्ध थियो। प्रतिष्ठानका उपकुलपति डा मंगल रावलका अनुसार लामो समयको प्रयासपछि लोकसेवाले अनुमति दिएको हो।
उनले भने, 'स्थायी पदपुर्ती तथा स्तरबृद्धिले विगत ६-७ वर्ष देखि रोकिएको कर्मचारीको वृत्तिविकास अघि बढ्नेछ । पहिले सेवा आयोगबाट यी सबै काम हुन्थे । तर नयाँ संविधानले स्थायी पदपूर्तिका काम लोकसेवा आयोगको सहमतिमा मात्रै गर्नु पर्ने भन्ने व्यवस्था भयो। त्यसपछि नियमित प्रक्रिया अवरुद्ध भएको थियो।'