काठमाडौं- हिमाल डेन्टल हस्पिटल सुदूरपश्चिम रोयल्सको अफिसियल हाइजिन पार्टनर बनेको छ। नेपाल प्रिमियर लिगको सुरुवातसँगै जोडिएको हस्पिटलले औपचारिक सम्झौता पनि भर्खरै गरेको हो।
हस्पिटलका तर्फबाट अध्यक्ष तथा प्रबन्ध निर्देशक डा राजेन्द्र भट्ट र रोयल्सका तर्फबाट सीईओ प्रकाश खड्काले हस्ताक्षर गरेका छन्। हस्पिटलले टिमका लागि आवश्यक स्वास्थ्य सहयोग प्रदान गरिरहेको डा भट्टले जानकारी दिए। दन्त चिकित्सा सेवाका लागि अग्रणी मध्ये एक हिमालले दन्त चिकित्सा सेवा पनि दिने गरेको छ।
सुदूरपश्चिममै जन्मेहुर्केका भट्टले त्यहाँ कला, संस्कृतिमा योगदान पुर्या उँदै आएका छन्। खेलकुदमा पनि आफूले सहयोग गर्न पाउँदा खुशी लागेको बताए। खेलका माध्यमबाट पनि नेपाली स्वास्थ्य सेवाको प्रशर्द्धन हुने उनको बुझाइ छ।
जारी नेपाल प्रिमियर लिगमा सुदूरपश्चिमले राम्रो प्रदर्शन गरिरहेको छ। ६ खेल खेलेको सुदूरपश्चिम पाँचमा जित र एकमा हार गरेर १० अंक जोड्दै तालिकाको शिर्ष नम्बरमा छ।