काठमाडौं- शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सञ्चालक समिति सदस्यमा दुई जना सदस्य मनोनित भएका छन्। मन्त्रिपरिषद बैठकले केन्द्रको सञ्चालक समिति सदस्यमा डा राजेन्द्रप्रसाद बराल र दीपकराज सापकोटालाई मनोनयन गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्त पृथ्वी सुब्बा गुरुङले कास्कीका डा बराल र भोजपुरका सापकोटालाई केन्द्र सञ्चालक समिति सदस्यमा मनोनित गरिएको जानकारी दिए।
'शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सञ्चालक समितिको सदस्यमा डा राजेन्द्रप्रसाद बराल कास्की र दीपकराज सापकोटा भोजपुरलाई मनोनयन गर्ने निर्णय भएको छ,' मन्त्री गुरुङले भने।