पश्चिम नवपरासी- सीमावर्ती समुदायको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपाल पश्चिम नवलपरासीले स्वास्थ्य शिविर आयोजना गरेको छ। सुस्ता गाउँपालिका- ५ महलबारीस्थित दीपक माविमा पक्लिहवा क्षेत्रका ४२२ जनाको स्वास्थ्य परीक्षण गरी आवश्यक औषधि नि:शुल्क वितरण गरिएको हो।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण हेड क्वाटर बेलासपुर पश्चिम नवलपरासीका अनुसार शिविरमा १५५ जना महिला र २६७ जना पुरुषको स्वास्थ्य परीक्षण गरिएको थियो।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण हेड क्वाटर बेलाशपुर पश्चिम नवलपरासीले सुस्ता गाउँपालिकाको समन्वय तथा देवदह मेडिकल कलेज र लायन्स क्लब अफ बुटवल शुभारम्भको संयुक्त आयोजनामा सञ्चालन गरिएको यो शिविरमा स्थानीय बासिन्दाको उत्साहजनक सहभागिता रहेको थियो।
सशस्त्र प्रहरी बलका चिकित्सक, देवदह मेडिकल कलेजका चिकित्सक र बर्दघाट डेन्टल क्लिनिकको संयुक्त टोली परिचालन गरी शिविरमा जनरल फिजिसियन महिला तथा प्रसूति, छाला, हाड नसा तथा दात सम्बन्धी रोगको परामर्श, उपचार र नि:शुल्क औषधि वितरण गरिएको थियो।