काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले औषधीको जेनेरिकमा प्रेस्क्रिप्सन गर्ने विषयमा अध्ययन गरेर सुझाव दिन समिति गठन गरेका छन्।
अहिले चिकित्सकले ब्राण्ड नाममा औषधी सिफारिस गर्ने गरेका छन्।
समितिको संयोजक औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल रहेका छन्। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्राडा रवि शाक्य, धुलिखेल अस्पतालका निर्देशक प्राडा बलराम मल्ल, नेपाल मेडिकल काउन्सिल तथा नेपाल मेडिकल एसोसिएसनका प्रतिनिधि सहित ५ सदस्यीय सुझाव समिति बनाइएको छ।
गुणस्तर मापन तथा नियमन महाशाखाकी वरिष्ठ व्यवस्थापक उषा तण्डुकारलाई समितिको सदस्य सचिव तोकिएको छ।