काठमाडौं– कमलपोखरीमा रहेको विभान्ता डेन्टल हस्पिटल तथा धुम्बाराहीस्थित हिमाल डेन्टल हस्पिटल र प्रभु बैक लिमिटेडबीच छुट सम्झौता भएको छ। बैंकका ग्राहक, कर्मचारी तथा उनीहरुका आफन्तले दन्त उपचार सेवामा २० प्रतिशत छुट पाउने भएका छन्।
छुट सेवा विभान्ता डेन्टल हस्पिटल प्रालिर हिमाल डेन्टल हस्पिटल प्रालिमा प्राप्त गर्न सकिने बताइएको छ । उक्त सम्झौता पत्रमा विभान्ता डेन्टल हस्पिटल र हिमाल डेन्टल हस्पिटलका तर्फबाट अध्यक्ष तथा प्रबन्ध निर्देशक राजेन्द्र प्रसाद भट्ट र महाप्रबन्धक किशोर भट्ट तथा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर निरज लम्साल र मार्केटीङ म्यानेजर सबिन राणाको संयुक्त हस्ताक्षर रहेको छ।
हालसालै 'बैंक अफ द इयर २०२३'को उपाधि समेत पाएको प्रभु बैंकका नेपालभर ३११ शाखा कार्यालयहरु, २८४ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर रहेका छन्।
करिब ३५ लाखभन्दा बढी ग्राहकहरुलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाहमा जोड दिएको उक्त कार्यक्रममा बताइएको थियो। अस्पतालसँगको सम्झौताले कर्मचारी, उनीहरुका परिवार र ग्राहलाई लाभ पुग्ने समेत उल्लेख गरिएको थियो।