काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखमा डा सुरेन्द्र यादव चयन भएका छन्। पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आइतबार बसेको विभागको बैठकले डा यादवलाई सर्वसम्मतिले प्रमुखमा चयन गरेको हो।
बैठकले विभागको उप प्रमुखमा डा अब्दुल कलाम अन्सारीलाई मनोनीत गरेको छ। यसैगरी १३ सदस्यीय विभागको सदस्यमा डा कविता साह, राजेशप्रसाद यादव, पवित्र नारायण यादव र प्रभाकर सिंहलाई मनोनीत गरिएको छ।
विभागको सचिव र अन्य पदाधिकारी लगायत सदस्यहरू चयन गर्न आजै साँझ काठमाडौँमा विभागको बैठक बसेर टुङ्ग्याउने बताइएको छ।