काठमाडौं- भरतपुर अस्पतालले न्युट्रिशनल सप्लिमेन्ट प्रेस्क्रिप्सन अडिट गर्ने भएको छ। अस्पतालले एक सूचना जारी गर्दै न्युट्रिशनल सप्लिमेन्ट, फुड सप्लिमेन्ट र मल्टिभिटामिनमा निगरानी बढाउन खोजेको हो।
अस्पतालले एक भन्दा बढी सिफारिस गर्नु उचित नदेखिएको बताएको छ । त्यस्ता उत्पादन सिफारिस गर्नुपरेमा डब्लुएचओ जीएमपी प्रमाणित कम्पनीको मात्रै गर्न भनिएको छ।
साथै अबदेखि विभिन्न मिति, समयमा प्रेस्क्रिप्सन अडिट गरिने र आवश्यक सोधपुछ गरिने समेत मेडिकल सुपरिडेन्ट प्राडा कृष्णप्रसाद पौडेलले जारी गरेको सूचनामा उल्लेख छ।