काठमाडौं- कोशी प्रदेश स्वास्थ्य सेवा विधेयेकमा राय/सुझाव पेश गर्न आह्वान गरिएको छ। स्वास्थ्य मन्त्रालय विराटनगरले सार्वजनिक सूचना जारी गर्दै यस्तो बताएको हो।
'प्रदेश स्वास्थ्य सेवा विधेयक तर्जुमा गर्नका लागि सो विधेयकमा समावेश गर्नुपर्ने मुख्य विषयवस्तुहरु र विधेयेकले समेट्नुपर्ने अन्य सान्दर्भिक पक्षका सम्बन्धमा तपशिल बमोजिमका संगठन तथा निकायबाट समय सापेक्ष, कार्यान्वयन गर्न सहज राय/सुझावहरु पेश गर्न यो सुचना प्रकाशन गरिएको छ,' सूचनामा भनिएको छ।
नेपाल मेडिकल एसोसिएसन, नेपाल नर्सिङ संघ, नेपाल डेन्टल एसोसिएसन, नेपाल फर्मासिउटिकल एसोसिएसन, नेपाल पब्लिक हेल्थ एसोसिएसन, मेडिकल ल्यबोरोटरी एसोसिएसन अफ नेपाल, नेपाल रेडियोग्रफर एसोसिएसन, स्वास्थ्य सेवाको आधिकारिक ट्रेड युनियन, लगायत स्वास्थ्य क्षेत्रसंग आवद्ध सम्पूर्ण पेशागत संगठन र सरोकारवाला सबैलाई सूचना जारी पठाइएको हो।
कोशी स्वास्थ्य मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख सागर प्रसाई हस्ताक्षरित सूचनामा सम्बन्धित आधिकारिक निकायबाट प्रमाणित गरिएको राय तथा सुझावको लिखित प्रति संलग्न गरी ७ दिनभित्र [email protected] मा पठाउनुहुन अनुरोध गरिएको छ।