काठमाडौं- आजदेखि मधेश प्रदेशमा एलाइट (जय ट्रफी) कप सुरु हुँदै छ। वीरगञ्जको नारायणी क्रिकेट मैदान र जनकपुरधामको रामजानकी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुन लागेको जय ट्रफी कप प्रतियोगिताको तयारी पूरा भएको शनिबार नै आयोजकले जानकारी दिएको थियो।
‘जय ट्रफी मेन्स एलाइट कप’ नामकरण गरिएको प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश र मधेश प्रदेशको सहभागिता रहने आयोजकले जनाएको छ। सेतो जर्सी तथा रेड बलको प्रयोगमा खेलिने प्रतियोगिता पुस २१ देखि माघ ३ गतेसम्म हुने भएको छ।
सो प्रतियोगिताको नाम क्यान इलाइट कपबाट जय ट्रफी पुरुष इलाइट कप नामकरण गरिएको छ। संघका पूर्वअध्यक्ष स्व.जयकुमार नाथ साहको नाममा प्रतियोगिताको नामकरण गरिएको हो। साहले क्रिकेट खेलको विकासमा लामो समयसम्म महत्वपूर्ण योगदान पुर्यातएका थिए।
चिकित्साका विद्यार्थी इशान पाण्डे बागमती प्रदेशबाट खेल्दैछन्। सन्दिप लामिछानेको कप्तानीमा रहने टोलीका उनी महत्वपूर्ण सदस्य रहेका छन्। एनपीएलबाट थप चम्केका उनी नियमित प्लेइङ ११ मा रहने सम्भावना छ।
पाण्डे काठमाडौं युनिभर्सिटी अफ मेडिकल साइन्सेजमा इन्टर्न डाक्टर छन्।