काठमाडौं - नेपाल मेडिकल व्यवसायी संघले एक दिने अभिमुखिकरण तालिम सञ्चालन गरेकाे छ।
संघले पहिलो पटक सामाखुशी, गोङगबु, चक्रपथ एरियाबाट वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परिक्षण गर्ने स्वास्थ्य संस्थाहरुमा कार्यरत ल्याबका कर्मचारी र सस्थाका सञ्चालक १/१ जनालाई तालिम दिएकाे हो।
५७ जना स्वास्थ्य व्यवसायीहरुलाई गुणस्तरीय ल्याब परिक्षण तथा स्वास्थ्यजन्य फोहोर ब्यवस्थापन सम्बन्धी एकदिने अभिमुखिकरण तालिम दिएकाे संघका महासचिव कृष्णा बजगाइले जानकारी दिए ।
प्रशिक्षकको रुपमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सुशील पण्डितले ल्याब परिक्षणमा क्वालिटी कन्ट्रोलका विषयमा जानकारी दिएका थिए। प्रदेश जनस्वास्थ्य प्रयोगशाला धुलिखेलका शंकर शाहीले रि-एजेन्ट/ किटहरुको प्रयोग तथा फाइदा, फोहोर ब्यवस्थापन सम्बन्धी एन एण्ड एन कम्पनीका प्रशिक्षक न्युटन झा/ चन्दा ठाकुर र ल्याब मेसिन उपकरणको क्यालिब्रेसन सम्बन्धी बयोमेडिकल पंकज कुमार झाले तालिम सञ्चालन गरेका थिए।
गुणस्तरीय स्वास्थ्य सेवा प्रावाहको सुनिश्चितताको लागि संघ सदैव सक्रिय रहने तथा यस क्षेत्रमा भएका ब्यथितिको अन्त्यकाे पहल गर्ने महासचिव बजगाईले जानकारी दिए।
यस्तो तालिमआगामी दिनमा उपत्यकासहित सबै प्रदेश सञ्चालन हुने उनकाे भनाइ छ।