काठमाडौं- विराटनगर ४ स्थित आधारभूत स्वास्थ्य चौकी इकराहिमा मा एक दिने नि:शुल्क सुगर प्रेशर सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ। नेप्लिज सोसाइटी फर प्राइमरी तथा विराट हेल्थ कोर्पसको आयोजना तथा चौतारी हेल्थकेयर सर्भिसेज को प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो।
नसर्ने रोग लक्षित उक्त शिविरमा नि:शुल्क स्वास्थ्य परिक्षण, निशुल्क प्रेशरसुगर जाँच साथै आवश्यक बिरामीलाई नि:शुल्क रूपमा केही औषधि समेत प्रदान गरिएको छ।
बिहान १० बजेबाट सञ्चालित उक्त शिविरमा १८० भन्दा बढि बिरामीले स्वास्थ्य लाभ लिएका थिए।
डा बबी भगतले उद्घाटन गर्दै नसर्ने रोग ठूलो चुनौती रहेको र सो शिविर गर्न अगाडि समाजका अगुवाहरुसँग छलफल गरी उक्त शिविर सञ्चालन गरेको बताए।
शिविरमा डा पार्थ गुरागाईं, डा हुलास अग्रवाल, डा तुलाराम यादव, डा विनोद यादवको सहभागीता रहेको थियो।
विराट हेल्थ कोर्पसको तर्फ ट उक्त शिविरमा विभिसा भण्डारी, सृष्टि गुप्ता, ऋचा जैन, आयुष बुढाथोकी, अरुण न्यौपाने, नोरडेन शेर्पा, सृष्टि गुप्ता, प्रणव अग्रवाल, यशस्वी खड्का, रेकर्ण बर्तुला, क्षितिज पराजुली को सहभागीता थियो। नेप्लिज सोसाइटी फर प्राइमरी केयरले मधेश प्रदेश तथा कोशी प्रदेश का बिभिन्न पालिका मा स्वास्थ्य तथा वातावरण सम्बन्धी कार्यक्रमहरु गर्दै आएको छ।