जनकपुर- मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ प्राध्यापक डा रामनरेश पण्डित नियुक्त भएका छन्।
प्रतिष्ठानका सहकुलपति समेत रहेका मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंहले डा पण्डितलाई शिक्षाध्यक्षमा नियुक्त गरेका हुन्। प्रतिष्ठानमा लामो समयदेखि शिक्षाध्यक्ष पद रिक्त थियो।
रिक्त पदमा नियुक्तिका लागि प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा अङ्कुर साहले सहकुलपति मन्त्री सिंहलाई पण्डितको नाम सिफारिस गरेका थिए।
प्रादेशिक अस्पताल जनकपुरका निर्देशकको जिम्मेवारी सम्हालिसकेका डा पण्डितले आइतबार शिक्षाध्यक्षको जिम्मेवारी सम्हालेका हुन्।