काठमाडौं- स्वास्थ्य प्रर्वद्वन शिक्षा संघ नेपालमा नयाँ कार्यसमिति चयन भएको छ। शनिबार राजधानीमा भएको सातौं साधारण सभाले हेमराज खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
नवनिर्वाचित अध्यक्ष खड्का सुदूरपश्चिम प्रदेश स्वास्थ्य प्रर्वद्वन केन्द्रका प्रमुख हुन्। साधारण सभाले खड्काको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
संघको उपाध्यक्षमा विनोदकुमार अर्याल र महासचिवमा कुन्जप्रसाद जोशी चयन भएका छन्। सचिवमा रामकुमार श्रेष्ठ र कोषाध्यक्षमा थलेन्द्रप्रसाद पंगेनी चयन भएका छन्।
संघको सदस्यमा शिला श्रेष्ठ, अरुण ज्ञवाली, लोकराज पाण्डे, रागि श्री कक्षपति, केशवराज जोशी र ऋषिराज शर्मा चयन भएका छन्।
संघ स्वास्थ्य प्रर्वद्वनसंग सम्बन्धित गुणस्तरीय तथा प्रभावकारी स्वास्थ्य सेवा प्रवाह तथा स्वास्थ्य जीवनशैलीका लागि नीतिगत व्यवस्था गर्न स्वास्थ्य सेवाको हेल्थ एजुकेशन समूहमा कार्यरत स्वास्थ्य कर्मीहरुको पेशागत हक अधिकारका लागि पैरवि तथा संवाद गर्न विसं २०७० सालमा गठित मुनाफा रहित संस्था हो।