काठमाडौं - नेपाल मेडिकल व्यवसायी संघले स्वास्थ्य व्यवसायीहरुलाई गुणस्तरी ल्याब परीक्षण तथा चिकित्साजन्य/संक्रमणजन्य फोहोर व्यवस्थापन सम्बन्धी तालिम दिएको छ।
संघले आइतबार दोस्रो ब्याचको एक दिने अभिमूखिकरण तालिम सञ्चालन गरेको हो। यसअघि संघले पहिलो पटक माई २ गते सामखुसी, गंगबु र चक्रपथ एरियालालाई लक्षित गरेर तालिम दिएको थियो।
आइतबारको दोस्रो ब्याजको तालिम भने गौशाला, चाबहिल, बानेश्वर र ललितपुर क्षेत्रबाट वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थामा कार्यरत ल्याबका कर्मचारी र संस्थाका सञ्चालकलाई दिइएको हो।
संघले जारी गरेको प्रेस विज्ञप्ति अनुसार तालिममा ७५ जना स्वास्थ्य व्यवसायीहरु सहभागी भएका थिए। उनीहरुलाई गुणस्तरीय ल्याब परीक्षण तथा चिकित्साजन्य/संक्रमणजन्य फोहोर व्यवस्थापन तालिम दिइएको संघका महासचिव कृष्ण बाजगाईंले जानकारी दिए।
प्रशिक्षकको रुपमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट सुशील पन्डितले रि-एजेन्ट/किट्स्को प्रयोग तथा फाइदा, प्रदेश जनस्वास्थ्य प्रयोगशाला धुलिखेलबाट शंकर शाहीले ल्याब परिक्षणमा क्वालिटी कन्ट्रोल कसरी गर्ने, फोहोर व्यवस्थापन सम्बन्धी प्रशिक्षक प्रकाश ठाकुर र ल्याब मेसिन उपकरणको क्यालिब्रेसन सम्बन्धी बयोमेडिकल ई. पन्कज कुमार झाले तालिम सञ्चालन गरेका थिए।
गुणस्तरीय स्वास्थ्य सेवा प्रावाहको सुनिश्चितताको लागि संघ सदैब लागि रहने तथा यस क्षेत्रमा भएका व्यतिथिको अन्त्यको पहल गर्ने महासचिव बाजगाईंले जानकारी दिए।
आगामी दिनमा यस्तो तालिम उपत्यकासहित सबै प्रदेशमा सञ्चालन हुने उनको भनाइ छ।
आइतबारको कार्यक्रममा प्राविधिक तथा आर्थिक सहयोग एसियन ग्लोबल ट्रेडिङ प्रालिले गरेको थियो।