काठमाडौं - चितवनमा ६ महिनाको अवधिमा स्क्रब टाइफसका ८४२ जना संक्रमित भेटिएका छन्। यस वर्षको साउन १ देखि माघ २७ सम्म ४ हजार ७०५ जनाको परीक्षण गर्दा ८४२ जनामा संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
जसमध्ये भरतपुर महानगरपालिकामा सबैभन्दा धेरै १८५ जना संक्रमित रहेका छन्। त्यहाँ १२१ महिला र ६४ पुरुषमा संक्रमण देखिएको हो।
यस्तै, खैरहनी नगरपालिकामा ४५, माडी नगरपालिकामा १०, रत्ननगर नगरपालिकामा ८७, राप्ती नगरपालिकामा ४३, कालिकाका नगरपालिकामा ४० र इच्छाकामना गाउँपालिकामा २३ जनामा संक्रमण देखिएको कार्यालयको तथ्यांक छ। गत २४ घण्टामा भने कुनै पनि संक्रमित भेटिएको छैन।