काठमाडौं- चितवनस्थित कलेज अफ मेडिकल साइन्सेसले विभिन्न पदमा रोजगारी खुला गरेको छ।
पुरानो मेडिकल कलेजका नामले परिचित कलेज अफ मेडिकल साइन्सेसले प्रिन्सिपलदेखि विभिन्न ११ पदमा रोजगारी खुला गरेको हो।
कलेजले सार्वजनिक गरेको सूचना अनुसार कलेजले प्रिन्सिपल, मेडिकल कार्यक्रममा लागि भाइसर प्रिन्सिपल, डेन्टल र नर्सिङ कार्यक्रमका लागि भाइस प्रिन्सिपल, मेट्रोन तथा नर्सिङ सुपरभाइजरसहितको जनशक्ति माग गरेको हो।
सूचना अनुसार इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले इमेल अर्थात् वाट्सएप मार्फत् दरखास्त दिन सक्नेछन्।
