काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलल कीर्तिपुर बर्न अस्पतालमा उपचाररत उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था बुझ्न त्यहाँ पुगेका छन् । आइतबार बिहान राष्ट्रपति पौडेल त्यहाँ पुगेको सचिवालयले जानकारी दिएको छ।
पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर उपप्रधान तथा अर्थमन्त्री पौडेल र पोखरा महानगरपालिका मेयर धनराज आचार्यको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।
घाइते भएलगत्तै अर्थमन्त्री पौडेलको गण्डकी मेडिकल कलेज र मेयर धनराज आचार्यको फिस्टेल अस्पताल प्राथमिक उपचार भएको थियो। त्यसपछि उनीहरु दुवैलाई काठमाडौं पठाइएको थियो।
कीर्तिपुर अस्पतालले सार्वजनिक गरेको स्वास्थ्य जानकारी अनुसार दुवै जनाको प्रारम्भिक मुल्यांकनमा ५ – ६ प्रतिशत भाग जलेको छ। अस्पतालले अनुहारमा समेत जलन भएकोले स्वासनली र फोक्सोमा असर गर्न सक्ने सम्भावना रहेको भन्दै उच्च निगरानीमा उपचार गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरेको छ।