काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीलाई पालिका अस्पतालबारे सांसद् प्रकाश ज्वालाले प्रश्न गरेका छन्। जवाफमा प्रधानजमन्त्री ओलीले त्यसपछि ज्वाला भौतिक पूर्वाधार मन्त्रुी हुँदा रद्द गरिएको बताएका छन्।
संसदमा ज्वालाले प्रश्न गरे, ‘तपाईंले तामझामका साथ सिल्यान्यास गरेका पालिका अस्पताल र सडक बजेटको अभावमा किन अलपत्र पारिएका छन् ?' प्रधानमन्त्री ओलीले त्यसफछि बनेको ज्वालासमेत सम्मिलित सरकारले प्राथमिकतामा नराखेको उल्लेख गरेका छन्।
ओलीले जवाफ दिए, ‘प्रश्नकर्ता माननीयजी पनि त्यसपछिका सरकारमा भौतिक पूर्वाधारमन्त्री हुनुहुन्थ्यो कि जस्तो लाग्छ। कार्यक्रम रद्द गर्नेहरूले नै फेरि ? तीन वर्ष कार्यक्रम रद्द हुने अनि कार्यक्रम किन पूरा भएन भनेर प्रश्न गर्ने ? त्यसको प्रगति खोज्ने, यो किन सम्पन्न भएर प्रश्न गर्ने हाम्रो अनौठो संस्कार छ।’
प्रधानमन्त्री ओलीले अस्पतालहरूको निर्माण सम्पन्न गर्न ठूलो बजेटको आवश्यकता पर्ने र ती अस्पतालहरू केही संख्यामा निर्माण सम्पन्न भएको समेत बताएका छन्।
उनले उपलब्ध स्रोत र साधनलाई ध्यान दिई बाँकी सडक र अस्पतालहरू प्राथमिकता पूर्वक निर्माण भइरहेको बताएका छन्। आगामी वर्ष पनि प्राथमिकतामा राखेर बजेट विनियोजन गरिने उनले बताएका छन्।