काठमाडौं- स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि ११ जनाको दरखास्त स्वीकृत भएको छ। स्वास्थ्य बीमा बोर्डको कार्डकारी निर्देशक पदमा नियुक्तीका लागि नाम सिफारिस गर्न गठित समितिले ११ जनाको आवेदन स्वीकृत भएको जनाएको छ।
समितिले आवेदन दिने अन्तिम दिन आइतबारसम्म ११ जनाको दरखास्त स्वीकृत भएको भन्दै नामावलीसहितको सूचना प्रकाशित गरेको हो। समितिले माघ २४ गते स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको थियो।
कार्यकारी निर्देशकका लागि आवेदन दिनेहरुमा गंगा प्रसाद जोशी, डा शक्ति बस्नेत, रामप्रताप यादव, डा सागर कुमार राजभण्डारी, राम प्रसाद पौडेल, शम्भु प्रसाद ज्ञवाली, कमल पन्थी, डा कृष्णप्रसाद अधिकारी, डा प्रमोद कुमार यादव, होमनाथ न्यौपाने र डा रघुराज काफ्ले रहेका छन्।
