काठमाडौं - औषधि व्यवस्था विभागले लुम्बिनी प्रदेश अन्तर्गत सञ्चालनमा रहेका फार्मेसीलाई पसल दर्ता प्रमाणपत्र नवीकरण गर्न निर्देशन दिएको छ।
विभागले एक सूचना जारी गरी फागुन ११ देखि १५ गतेसम्म पसल दर्ता प्रमाणपत्र नवीकरण गर्न निर्देशन दिएको हो। साथै व्यवसायी मान्यता प्राप्त कार्ड नवीकरण गर्न पनि विभागले निर्देशन दिएको छ।
सेवाग्राही मैत्री बनाउनका लागि नवीकरण गर्न विभागबाट सम्बन्धित प्रदेशमा विभागले टोली खटाउने छन्। बुटवल उप महानगरपालिका वडा नं ८ को कार्यालयमा पुगी तोकिएको समयमा दर्ता नवीकरण गर्न विभागले सबै फार्मेसी व्यवसायीलाई आग्रह समेत गरेको छ।