काठमाडौं– पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य अस्पतालबाट डिस्चार्ज भएका छन्।
पोखरा भ्रमण वर्ष, २०२५ समारोह उद्घाटन गर्ने क्रममा बेलुन विस्फोट भएपछि घाइते भएका मेयर आचार्यको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको थियो।
आज अपराह्न आफू अस्पतालबाट डिस्चार्ज भएको मेयर आचार्यले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।
उनले उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा अस्पताल परिवारप्रति आभार व्यक्त गरेका छन्।
उनीसँग सोही विस्फोटमा परेर उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल पनि घाइते भएका थिए। पौडेल भने दुई दिनअघि नै अस्पतालबाट डिस्चार्ज भइसकेका थिए।