काठमाडौं- नेपाल सरकारसँग विभिन्न माग राखेर आन्दोलनरत नेपाल चिकित्सक संघले विरोधका कार्यक्रम यथावत राख्ने भएको छ। बिहिबार अबेरसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा संवाद भएपनि निष्कर्ष ननिस्किएको महासचिव सन्जिब तिवारीले बताएका छन्।
'नेपाल सरकारसँग उक्त मागहरूका सम्बन्धमा वार्ता चलिरहेको र हाम्रा मागहरुप्रति सरकार सकारात्मक देखिए पनि ठोस निष्कर्षम| नपुगिएकोले पूर्व निर्धारित कालो पट्टि लगाई धर्ना दिने कार्यक्रमलाई निरन्तरता दिन नेपाल चिकित्सक संघका शाखा कार्यालयहरु, देशभरका स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई यस बिज्ञप्ति मार्फत अनुरोध गर्दछौँ,' संवादपछि जारी विज्ञप्तिमा भनिएको छ।
नेपाल चिकित्सक संघले फागुन ६ गतेदेखि विभिन्न मागहरु राखी विरोधका कार्यक्रमहरू गर्दै आइरहेको छ।