काठमाडौं- नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा आगामी चैत २१ र २२ गते हुने भएको छ। काउन्सिलले अनलाइन आवेदन फारामका लागि सूचना जारी गरेको छ।
परीक्षाका लागि फागुन ९ गतेदेखि फागुन २८ गतेसम्म दरखास्त बुझाउनुपर्नेछ। बिलम्ब शुल्क तिरेर फागुन २९ र चैत ०१ गते फाराम भर्न पाइनेछ।
फाराम काउन्सिलको exam.nmc.org.np मा दिइएको निर्देशन बमोजिम भर्न भनिएको छ। अनलाइन आवेदन फाराम भर्ने र बुझाउने व्यवस्था चौबीसै घण्टा खुला हुने बताइएको । अनलाइन बाहेकको माध्यमबाट बुझाएको आवेदन फाराम र शुल्क मान्य नहुने पनि उल्लेख छ।
