काठमाडौं- सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमालेका महासचिवले विदेशी अनुदानको ७० प्रतिशत हिस्सा सम्बन्धित मुलुक नै फर्कने बताएका छन्। अमेरिकाले स्वास्थ्यका विभिन्न क्षेत्रमा समेत काम गरिररहेको युएसआईडी, एमसीसीलगायतको अनुदान रोकेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।
उनी भन्छन्, 'विदेशी अनुदानका कार्यक्रमको झण्डै ७० प्रतिसत हिस्सा सम्वन्धित मुलुकमा फर्कने गरेको तथ्य विभिन्न अध्ययनले देखाएका छन् । त्यस्ता अनुदानलाई अमेरिकी राष्ट्रपतिले फ्रड भनेका हुन भने त्यसको नैतिक दायित्व पनि ती मुलुकै होला नि।'
उनले गरिबि माथिको अपमानवाट जोगिन आफ्नो देश आफै बनाउने अभियानमा जुट्न आह्वान गरेका छन्। उनी भन्छन्, ‘भनौं- हामी बनाउँछौ हाम्रो देश नेपाल।’