काठमाडौं- आठौं नेपाल मेडिकल तथा ल्याब एक्स्पो २०२५ फागुन १५ गतेदेखि १७ गतेसम्म हुने भएको छ।
एसडी प्रोमो मिडियाले ईईपीसी भारत र केमसान नेपालसँगको सहकार्यमा सातौं नेपाल मेडिकल तथा ल्याब एक्स्पो गर्न लागेको हो। एसडी प्रोमो मिडियाका प्रोजेक्ट प्रमुख अनुरोध परासरले नेपालको स्वास्थ्य क्षेत्रमा योगदान दिने उद्देश्यले नेपाल मेडिकल एण्ड ल्याब एक्सपो आयोजना हुन लागेको जानकारी दिए।
उनले एक्स्पोमा सबैभन्दा ठूलो बिटुबी मेडिकल,डाइग्नोस्टिक,ल्याबरेटोरी तथा विश्लेषणात्मक समाधानहरूको प्रदर्शनी हुन लागेको बताए।
उनका अनुसार यस एक्पोले विभिन्न मूल्यका नवीन प्रयोगहरू तथा विविध उत्पादनहरू देखाउनेछ। एक्पोले साना तथा ठूला कम्पनीहरूलाई एक अर्कासँग परिचय तथा सम्बन्ध बढाउँदै आफ्ना सिर्जनाहरू परिचित गराउने सुनौलो अवसर दिने बताए।
केमसान नेपालका अध्यक्ष भक्त बहादुर हमालले स्वास्थ्य क्षेत्रमा हरेक वर्ष नयाँ आविष्कार हुने भएकाले ती कुरा अस्पतालसम्म पुर्याउने उद्देश्यले एक्स्पो हुन लागेको बताए।
गत वर्षको सातौं मेडिकल एक्स्पोमा नेपालभरका चिकित्सा समुदायका ९ हजार भन्दा पनि आगन्तुकहरुले सहभागिता जनाएको केमसानले जनाएको छ। यस वर्षको एक्स्पोमा स्वदेशी तथा विदेशी गरी ३ सय भन्दा बढी स्टल रहने जनाइएको छ। यस वर्ष गत वर्षको तुलना आगन्तुकहरु बढ्ने अपेक्षा गरिएको छ।
प्रदर्शनीबाट नयाँ कम्पनीहरूका लागि स्थापित संस्था तथा ब्रान्डसँग परिचय तथा चिनजानका लागि महत्त्वपूर्ण अवसर हुने बताइएको छ।