काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा वरिष्ठ अस्पताल नर्सिङ प्रशासक पदमा कार्यरत शकुन्तला प्रजापतीको बढुवा भएको छ। उनी ११ औं तहको प्रमुख अस्पताल नर्सिङ प्रशासक पदमा बढुवा भएकी हुन्।
लोक सेवा आयोगले उनलाई लिखित परीक्षा र अन्तर्वार्तापछि ११औं तहमा बढुवा गरेको हो। उनको अन्तर्वार्ता आइतबार भएको थियो भने लिखित परीक्षा केही समय पहिले।
आयोगको सूचना अनुसार आन्तरिक प्रतिस्पर्धामा उक्त पदमा अन्तर्वार्तामा दुई जना पुगेका थिए। जसमध्ये प्रजापती ११ औं तहमा सिफारिसमा परेकी छिन् भने प्रतिस्पर्धामा रहेकी रिना श्रेष्ठ भने वैकल्पिक सूचीमा छिन्।