काठमाडौं- लोक सेवा आयोगले प्रमुख कन्सलटेन्ट डेन्टल सर्जन पद (एघारौँ तह)मा डा बन्दना खनाल आचार्यलाई सिफारिस गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त रहेको स्वास्थ्य सेवा डेन्टिष्ट्री समूहको प्रमुख कन्सलटेन्ट डेन्टल सर्जन पदका लागि भएको लिखित र अन्तर्वार्ता परीक्षा पछि डा बन्दना बढुवा सिफारिस भएकी हुन्।
लोक सेवा आयोगले गत आइतबार अन्तर्वार्ता लसएको थिो भने त्यसअघिको लिखित परीक्षा लिएको थियो।
आयोगले रिक्त एक पदका लागि अन्तर्वार्तामा एक जना (खनाल) मात्रै उपस्थित भएको जनाएको छ।