काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको स्वास्थ्यमा समस्या आएको छ। बिरामी परेपछि उनको त्रिवि शिक्षण अस्पतालमा भर्ना भएर उपचार गराइरहेकी छिन्।
शिक्षण अस्पतालका एक चिकित्सकका अनुसार उनलाई घाँटी दुख्ने समस्या छ। ज्वरो आउने र निरन्तर खोकी लाग्ने भएपछि उनलाई भर्ना गरेर उपचार थालिएको हो।
उनको शुक्रबारदेखि नै भर्ना गरेर उपचार भइरहेको उनले बताएका छन्। घाँटीको समस्या देखिएपछि सुरुमा नाक, कान, घाँटी विभागका चिकित्सकहरु उपचारमा संलग्न भएका थिए। 'सुरुमा उनको घाँटीमा संक्रमण देखिएको थियो,' एक चिकित्सकले भने, 'लिम्फ नोड सुन्निएको पाइएको थियो। त्यसको उपचार भइरहेको छ।'
अहिले घाँटीको उक्त समस्या सुधार हुँदै गएको बताइएको छ। घाँटी र फोक्सोसँग सम्बन्धित थप चेकजाँच भने जारी रहेको बताइएको छ।