काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको नवनिर्मित डेन्टल कलेज भवनको उद्घाटन गरेका छन्। कलेजले रजत जयन्ती कार्यक्रमका साथै भवन उद्घाटन गरेको हो।
रजत जयन्तीका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गर्न खोजेको आशंकामा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।
प्रधानमन्त्री ओली जोरपाटी जाने कार्यक्रम पूर्वनिर्धारित थियो। सोही कार्यक्रममा विरोध जनाउने सामाजिक सञ्जालमा सूचना राखेका आधारमा उनीहरु पक्राउ परेका हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चार जनालाई अहिले नियन्त्रणमा राखिएको छ। पक्राउ पर्नेमा राजु सुनुवार, किरण केसी, राजेश दाहाल र मोहन सिंह रहेका छन्। प्रधानमन्त्री ओलीले रजत जयन्तीलाई सम्बोधन पनि गरेका छन्।