काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रिक्त रहेको सचिव पदका लागि तीन जनाको नाम सिफारिस भएको छ।
लोक सेवा आयोगको अध्यक्ष माधव शर्माको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले तीन जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो।
बढुवा समितिका एक सदस्यका अनुसार स्वास्थ्य मन्त्रालयका १२औं तहमा रहेका तीन जनालाई सचिवका लागि सिफारिस गरिएको छ। सिफारिसमा पर्नेमा डा संगिता मिश्र, डा टंक बाराकोटी र डा विकास देवकोटा रहेका छन्।
लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मीको अध्यक्षतामा रहेको समितिले सिफारिस गरेका तीन जनामध्ये एक जनालाई मन्त्रिपरिषदले सचिवमा बढुवा गर्ने छ। समितिमा मुख्यसचिव एकनारायण अर्याल र विज्ञका रुपमा पूर्व स्वास्थ्य सचिव डा किरण रेग्मी सदस्य छिन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थ समितिका सदस्य सचिव हुन्।
स्वास्थ्य सचिवबाट आइतबार डा रोशन पोखरेल अवकाशमा गएपछि उक्त पद रिक्त छ।