काठमाडौं- लुम्बिनी प्रदेश स्वास्थ्य सचिव डा वासुदेव जनार्दन शर्मा उपाध्याय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सरुवा भएका छन्। भेरी अस्पतालमा नर्सिङ प्रशासकका रुपमा कार्यरत नर्स दुर्गालक्ष्मी श्रेष्ठ लुम्बिनी प्रदेशमा सचिवका रुपमा सरुवा गरिएकी छिन्।
उनलाई प्रदेश मुख्य मन्त्री कार्यालयकी सचिवका रुपमा प्रस्ताव गरिएको छ। उनी स्वास्थ्य सेवाको एघारौं तहमा छिन्। मुख्यमन्त्री कार्यालयका सचिव अण प्रसाद न्यौपाने चिकित्सा शिक्षा आयोगमा सरुवा भएका छन्। चिकित्सा शिक्षा आयोगका सहसचिव कृष्णप्रसाद काप्री शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय सरुवा भएका छन्।
यसैगरी वीर अस्पतालमा कार्यरत सहसचिव अर्जुन गौतम कर्णाली प्रदेश मुख्यमन्त्री कार्यालयका सचिवमा सरुवा गरिएका छन्। उनको ठाउँमा सहसचिव मनिता श्रेष्ठलाई पठाइको छ।