काठमाडौं - चितवनस्थित भरतपुर अस्पतालमा गत ६ महिनामा २ लाख बढी बिरामीले ओपिडी सेवा लिएका छन्।
यस वर्षको साउनदेखि पुस महिनासम्म २ लाख २० हजार ७६७ जना बिरामीले सेवा लिएका हुन्। जसमध्ये आधा बढी बिरामीले स्वास्थ्य बीमाबाट सेवा लिएको तथ्यांक अस्पतालले सार्वजनिक गरेको छ। ६ महिनामा कुल सेवा लिने संख्यामध्ये १ लाख ५७ हजार १४ जनाले स्वास्थ्य बीमा र ६३ हजार ७५३ जनाले शुल्क तिरेर सेवा लिएका छन्।
४ हजार ६५४ जनाले जनावरले टाकेपछिको उपचार लिएका छन्। जसमध्ये ४ हजार ५९४ जनरल ६० जना बीमाका बिरामी छन्। कार्डियोलोजी विभागमा ४३४ जनरल र २ हजार ६५७ बीमाका गरी ३ हजार ९१, कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जरी ९८ जनरल र १९४ बीमाका गरी २९२ जनाले सेवा लिएको अस्पतालले जनाएको छ। यो सहित अन्य सेवा लिनेहरुको संख्या :
डेन्टल : ९१०६ (३२८२ जनरल, ५८२४ बीमा)
डायबेटिज एण्ड इण्डोक्राइनोलोजी : १५७२ (२८१ जनरल, १२९१ बीमा)
इएनटी : १३६८१ (५७२८ जनरल, ७९५३ बीमा)
फ्यामिली मेडिसिन : ३९९२ (५५३ जनरल, ३४३९ बीमा)
ग्याष्ट्रो : १४३ (१२४ जनरल, १९ बीमा)
जनरल सर्जरी : १३८९१ (४२७१ जनरल, ९६२० बीमा)
गाइनोकोलोजी/ओबिएस : १९६६७ (९१०७ जनरल, १०५६० बीमा)
हेपाटोलोजी : १७ (१४ जनरल, ३ बीमा)
इन्टरनल मेडिसिन : ७२४९९ (११८२६ जनरल, ६०६७३ बीमा)
नेफ्रोलोजी : २९५९ (५०८ जनरल, २४५१ बीमा)
न्यूरो एण्ड बडी इन्टरभेसन : ५७ (५५ जनरल, २ बीमा)
न्यूरोलोजी : ७२ (६३ जनरल, ९ बीमा)
न्यूरो सर्जरी : १५०२ (३७८ जनरल, ११२४ बीमा)
आँखा : १७२९ (६६७ जनरल, १०६२ बीमा)
अर्थोपेडिक : ३१२१९ (८५०७ जनरल, २२७१२ बीमा)
पेडियाट्रिक : १२९९० (५५७० जनरल, ७४२० बीमा)
साइकाइट्री : ३८५१ (१५१० जनरल, २३४१ बीमा)
रिफिल मेडिसिन सर्भिस : ९१५९ (४२ जनरल, ९११७ बीमा)
स्किन : १३०८२ (५७५७ जनरल, ७३२५ बीमा)
युरोलोजी : १३२१ (२६२ जनरल, १०५९ बीमा)
यस्तै, २ लाख १६ हजार ८६२ जनरल र ४ लाख १७ हजार ८८५ बीमाका गरी ६ लाख ३४ हजार ७४७ जनाले ल्याब परीक्षणको सेवा लिएको अस्पतालले जनाएको छ।